|
यूएइबासी नेपालीलाई एकपटक भए पनि आफ्नै गाउघर तथा रोधी पु-यायो सांगितिक कार्यक्रमले
दुबइमा गत केही वर्षदेखि नेपाली साँस्कृतिक कार्यक्रम गर्ने परिपार्टी रहदै आएका छन् । नेपालका विभिन्न क्षेत्रलगाएत चलचित्रका प्रख्यात कलाकारहरुले आफ्नो परफोरमेन्स प्रस्तुत गरिसकेका छन् ।
" मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमालको भिर जस्तो "
"म मरे पनि मलाइ मेरो मेरो देशको माया छ "
दुबइको शेखराशिद अडोटियरममा यस राष्ट्रभक्ति गीतले सयौ दर्शकहरु भावुक भए । राष्ट्रिय नाचघरका कलाकारहरुले यहि १४ अगष्त २००९ कादिन नेपालीको पूर्व मेचिदेखि पश्चिम महाकाली सम्ममा प्रचलित नेपाली नृत्य, गीत संगित प्रस्तुत गरेर दर्शकलाई आफ्नै गाँउघरमा घुम्न पु-याएका थिए । कलाकार शम्भुराज शाक्य, गायीका लोचन भट्टराइ, लोक दोहोरी गायक गायीका खड्गबहादुर बुढा र दिलरानी मजाकोटीले दर्शकहरुलाई नेपालको राष्ट्रियतामा डुबुल्की मार्दै रोधीघर सम्म पु-याउन सफल भएकाथिए । राष्ट्रिय नाचघरका एक कलाकारले प्रस्तुत गरेको मयूर नृत्यले उपस्थित सम्पूर्ण नेपाली दर्शक मात्र नभएर विदेशी दर्शकको पनि मनमा एउटा अनौठो छाप छाड्न सफल भएको थियो । नृत्यंगना सीता राइको नृत्यले दर्शहरुलाई आफ्ने कुर्सी छाडी नाच्न बाध्य गराएको थियो भने आधुनिक तथा पप गायक बाबु बोगटीको सान्नानी तिमीलाई हिर्काउला लौरीले ठ्याक्क ठ्याक्क गीतले दर्शकहरुको मनमुटुमै लौरीले ठ्याक्क ठ्याक्क हिर्काउन सफल भएका थिए । चर्चित नायक दिलिप रायमाझी तथा नायीका झरना थापाको प्रस्तुती दर्शकहरुले औधी मनपराएका थिए ।
|