;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


रसियाली जनमैत्री विश्वविद्यालयको अर्धशताब्दी जयन्ती समारोह


कृष्णप्रकाश श्रेष्ठ


मास्को ६ फेब्रुअरी २०१० शनिश्चरवार । मास्कोको मुटुमानिने त्रेुमलिनको पर्खालभित्र रहेको ६ हजारभन्दा बढी दर्शकहरु अटाउने भव्य महाविवेशन प्रासादमा रसियाली जनमैत्री विश्वविद्यालयको स्थापना भएको आधा शताब्दी पूरा भएको उपलक्ष्यमा भव्य समारोह सुसम्पन्न भयो । एशिया अपि्रुका तथा ल्याटिन अमेरिकाका विकाशोन्मुख देशहरुको निम्ति अत्यावश्यक राष्ट्रिय विशेषज्ञहरुको तैयारीमा सहयोग पुर् याउने उद्देश्यले निकिता ख्रुश्चेभको नेतृत्वमा रहेको तत्कालीन सोभियत सरकारद्वारा ५ फेब्रुअरी १९६० का दिन यस अभूतपूर्व विश्वविद्यालयको स्थापना गरिएको थियो । यसरी ५० वर्षअघि शून्यबाट सुरु भएको विश्वको एक मात्र अन्तर्राष्ट्रिय विश्वविद्यालयले हाल मास्को राजकीय विश्वविद्यालय र सेन्टपिटस्रवर्ग विश्वविद्यालयपछिको तेस्रो स्थान हासिल गरेको छ । हाल नेपाललगायत संसारका १४० देशका २८ हजार छात्रछात्रा तथा शोधछात्रहरु अध्ययनरत सुरुमा पैटि्रस लुमुम्बाको नामले विभूषित गरिएको यो विश्वविद्यालय वास्तवमा नै भूमण्डलवासी विभिन्न जनताहरुबीच मित्रताको प्रतीक बन्न पुगेको छ ।

जुन भव्य प्रासादमा पचासौं वर्षगाँठको उपलक्ष्यमा समारोह मनाईंदै थियो त्यो ५० वर्षअछि अस्तित्वमा आइसकेकै थिएन । यस विश्वविद्यालयको द्वितीय वार्षिकोत्सवको अवसरमा यस पंक्तिकारको पनि उपस्थिति रहेको थियो । विश्वविद्यालयका प्रथम कुलपति सेर्गेइ रुमान्चेभको सभापतित्वमा संचालित उक्त समारोहमा मास्कोका विभिन्न उच्च शिक्षण संस्थानहरुका प्राध्यापक र विद्वान्हरुको समुपस्थिति रहेको थियो । त्यतिखेर मास्को राजकीय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साथै रुसी भाषा सिक्नका लागि रुस आइरहनुभएका भिक्ष्ा अमृतानन्द पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो । बौद्धभिक्ष्ाको पीताम्बर भेषभूषाको प्रतापले उहाँलाई माचमा निम्त्याइने अड्कल काटेर मैले उहाँलाई रुसी भाषाको विश्वकोषमा समेत बुद्धको जन्म भारतमा भएको भन्ने लेखिएको कुरा बताउँदै वक्तव्य दिने अवसर प्राप्त भएका यसबारे पनि चर्चा गर्नका लागि अनुरोघ गरेको थिएँ । यसरी सर्वप्रथम उहाँले अंग्रेजी भाषामा दिनुभएको वक्तव्यमा नै रुसी विद्वान्हरुसमक्ष बुद्धको जन्मस्थल नेपाल भएको तथ्य गुाजेको थियो…

जनमैत्री विश्वविद्यालयको रजतजयन्ती समारोहमा श्रीलङ्का तथा गायानाका राष्ट्रपतिद्वयका साथै विभिन्न देशहरुबाट आएका यस विश्वविद्यालयबाट उच्च शिक्षाप्राप्त गरेर स्वदेशमा कार्यरत विशेषज्ञहरुका साथै हाल अध्ययनरत विद्यार्थी तथा तिनका गुरुहरुको पनि उपस्थिति रहेको थियो । यस विश्वविद्यालयबाट विशेषज्ञता प्राप्त गरिसकेका र हाल अध्ययनरत समेत गरी ३५ जनाभन्दा बढी नेपालीहरुको साथमा बसेर म आफ्नो स्मृतिपटलमा यसरी उर्लिरहेको भावनामा डुबुल्की लगाउँदै अतीतको सम्झना गरिरहेको थिएँ । अहिले मास्को आइरहेको नेपाली प्रतिनिधिमण्डलमा केही समय लोकतान्त्रिक नेपाल सरकारको मन्त्रीको पदभार वहन गरेका गणेश शाह काठमाडौं विश्वविद्यालयका वरिष्ठ प्रोफेसर भद्रमान तुलाधरका साथै सामाजिक क्षेत्रमा संलग्न रहेकी अमृता अर्याल मास्कोको अध्ययनकालदेखि नै मेरै आत्मीय भाइबहिनीहरु हुन् । उनीहरुसंग भेट हुँदा मन नै प्रफुल्ल भएको थियो । त्यसै विशाल सभाभवनमा रुसका लागि नेपाली राजदूत दम्पति श्री सूर्यकिरण गुरुङ तथा श्रीमती डली गुरुङ उपनियोगप्रमुख-दम्पति श्री अच्युतभक्त पौडेल तथा श्रीमती इन्दिरा पौडेल गैरआवासीय नेपाली संघका संरक्षक एवं बेलारुस गणतन्त्रका लागि महावाणिज्यदूत डा। उपेन्द्र महतो नेपाली नारी निकुाजकी अध्यक्ष डा। समता प्रसाद महतो उपाध्यक्ष डा। विन्दिता लामिछाने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री जीवा लामिछाने राष्ट्रिय समन्वय परिषद् रुसका अध्यक्ष डा। मणिराज पोखरेल नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालय का अध्यक्ष सचिन शाक्य आदिको उपस्थिति थियो ।

महाधिवेशन प्रासादको विशाल माचको पृष्ठभूमिमा भूमण्डलको खाकालाई अंग्रेजीको ुयु अक्षरअंकित जनमैत्री विश्वविद्यालयको लोगो र ु५० वर्षु लेखिएको थियो भने मास्को त्रेुमलीनको मूलबुर्जालगायत बोल्सोइ ठेटरआदि मास्कोनगरको मूल आकृति देख्न सकिन्थ्यो । बेला बेलामा रुसको राष्ट्रिय झण्डा र सन्दर्भअनुसार अन्य दृश्यहरु पनि ठूलो पर्दामा बदिलंदै रहेको देखिन्थ्यो । यत्तिकैमा पर्दामा जनमैत्री विश्वविद्यालयको आधा शताब्दी लामो इतिवृत्तको झलक देखिन थाल्यो । जनमैत्री विश्वविद्यालयको द्वितीय कुलपति पद सम्हाल्ने भ्लादिमिर स्तानिसलाई पर्दामा देख्दा म निकै पुलकित बन्न पुगेको थिएँ । उनी मास्को राजकीय विश्वविद्यालयको प्राध्यापक रहँदा मेरा गुरु थिए र नेपालका एक ठूला मित्र पनि थिए । उनको कार्यकालमा नै मास्को जनमैत्री विश्वविद्यालयमा सबभन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययन गर्दथे र म बारम्बार विभिन्न साहित्यिक सन्दर्भहरुमा त्यहाँ पुग्दथें… ।

चलचिबको प्रदर्शनपश्चात् समारोहको औपचारिक खण्ड सुरु भयो । विश्वविद्यालयका कुलपति भ्लादिमिर फिल्लिपोभले पाहुनाहरुको स्वागत गर्दै जनमैत्री विश्वविद्यालयको अतीत र वर्तमानबारे प्रकाश पार्नुभयो र विभिन्न देशहरुबाट प्राप्त भएका थुप्रै शुभकामना सन्देशहरु पढेर सुनाउन । रुस महासंघको व्यवस्थापिकाको उपल्लो सदनका अध्यक्ष सेर्गेइ मिरोनोभले आफ्नो वक्तव्यमा विश्वकै एक विरलकोटिको विश्वविद्यालयको महत्वबारे जनाउँदै विश्वविद्यालयका कुलपतिलाई सम्मानपत्र र उपहार हस्तान्तरण गर्नुभयो । रुसका शिक्षामन्त्री आन्द्रेइ फुसे्रन्कोले रुसका राष्ट्रपति दिमित्री मेद्भेदेभको शुभकामना सन्देश पढेर सुनाउनुका साथै राष्ट्रपतिको आज्ञानुसार विश्वविद्यालयका कुलपतिलगायत विभिन्न वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान पदक मैत्रीपदक र मानपदवीहरु हस्तान्तरण गर्नुभयो । यसरी नै युनेस्कोका प्रतिनिधि तथा रुसको संसद राजकीय दूमाबाट तथा पनि सम्मानपत्र प्रदान गरिएको थियो । जनमैत्री विश्वविद्यालयका कुलपतिले यसै विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका गायानाका राष्ट्रपति भार्रत जगदेव तथा श्रीलंकाका राष्ट्रपतिलाई पनि भव्य वातावरणमा मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्नुभयो भने विश्वविद्यालयको विकासका योगदान पुर् याएवापत् भारतका श्री सुधीर गुप्तलगायत विभिन्न व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । अहिले अन्तर्राष्ट्रिय कक्षीय स्टेसनमा उडान गरिरहेका अन्तरिक्षयात्रीदलले अन्तरिक्षबाट शुभकामना व्यक्त गरेको दृश्यले दर्शकहरुलाई निकै प्रभावित पारेको थियो । विदेशी अन्तरिक्षयात्रीहरुलाई यसै विश्वविद्यालयका प्राध्यापकहरुले अन्तरिक्ष भाषा समेत बनेको रुसी भाषा पढाउने गरेको तथ्य पनि उल्लेख्य छ । मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोभनिचीले हँसिलो पाराले जनमैत्री विश्वविद्यालयको विकास तथा त्यसका विगत र वर्तमान कुलपतिहरुसंग आफ्नो मैत्री सम्बन्धको चर्चा गर्दै एउटा चित्रपट हस्तान्तरण गर्नुभयो र ुविश्वविद्यालयको जन्मशताब्दी समारोहमा यसभन्दा ठूलो चित्रपट उपहारस्वरुप ल्याउनेछु भन्नुहुदैं यस समारोहमा उपस्थित सबैलाई त्यस समारोहमा पनि उपस्थित हुन आग्रह गर्नुभयो… ।

औपचारिक खण्ड सकिएपछि एक दोस्रासंग विचारविमर्श गर्न र फोटो खिच्नमा सदुपयोग गरिएको मध्यान्तरपश्चात् प्रजातन्त्रवादी यूवा गीतको साथै भव्य सांस्कृतिक कार्यक्रमको शुभारम्भ भयो । विभिन्न देशका ध्वजावाहकहरुको पंक्तिले माचमा प्रवेश गरेको क्षण निकै प्रभावोत्पादक रहेको थियो । तत्पश्चात् रङ्गीविरङ्गी पोशाक र भेषभूषामा सजिएका विभिन्न देशका कलाकार टोलीहरुले एकपछि अर्को गर्दै रङ्गमाचमा आ-आफ्नो देशको सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । शास्त्रीय संगीतका साथै बीसौं शताब्दीको ६० को दशकदेखि वर्तमान समयसम्मका लोकपि्रय गीतहरु गुाजनुका साथै विभिन्न शैलीका नृत्यको पनि प्रदर्शन गरिएको थियो । अन्त्यमा जनमैत्री विश्वविद्यालयको गीत गुिाजयो र रङ्गमाचमा सांस्केतिक कार्यक्रम प्रदर्शन गर्ने सम्पूर्ण कलाकारहरुका साथै दर्शकहरुले समेत उभिएर ुमास्को बाहिरको साँझु बोलको लोकपि्रय रुसी गीत समवेत स्वरमा गाएका थिए । निकै समय घड्किसकेपछि भव्य सांस्कृतिक कार्यक्रम समाप्त भए तापनि दर्शकहरु यस्तो अपूर्व क्षणलाई सकभर बढी समयसम्म आफ्नो पकडमा राखिराख्न उत्सुक देखिएका थिए । अन्त्यमा जनमैत्री विश्वविद्यालयका कुलपतिले माचमा उक्लेर सबैलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोभ्निचीद्वारा जनाइएझैं भविष्यमा ५० वर्षपछि मात्र यस्तो भव्य समारोह मनाइनुभन्दा पहिले नै ७५-रौं वार्षिकोत्सव मनाइने र त्यसभन्दा पनि पहिले आगामी ५ वर्षपछि नै विश्वविद्यालयको ५५-नौ वार्षिकोत्सव मनाइने हुँदा ुदोस्वीदानिया !ु अर्थात् ुफेरि भेटौंला !ु भनी समारोहको समापन गर्नुभयो ।

जनमैत्री विश्वविद्यालयको भव्य औपचारिक समारोहबाट घर फर्कंदा म चेतनप्रवाह ढंगले आपुूले मास्कोमा बिताएका ५० वर्षका घटनाहरु झल्झल्ती सम्झिरहेको थिए । पटना विश्वविद्यालयबाट बी।ए।sाे डिग्री प्राप्त गर्ने अन्तिम नेपाली समूहको एक प्रतिनिधिको हैसियतलॆ काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि त्यहाँ एम।ए। मा पढ्न तयार भइसके तापनि सोभियत सरकारको छात्रवृत्ति रोजेर मास्को आइपुगेको २३ दिन पछि मात्र जनमैत्री विश्वविद्यालयको स्पापना भएको थियो । आपुू मास्को राजकीय विश्वविद्यालयमा अध्ययनरत रहे तापनि मैले देख्दादेख्दै यस विश्वविद्यालयले अभूतपूर्व विकास गरेको थियो र यहाँबाट दक्ष विशेषज्ञ बनेका कतिपय मेरै आत्मीय साथीभाइहरु नेपालमा आ-आफ्नो क्षेत्रमा प्रतिष्ठित बनेकोमा गर्व लाग्छ । आज यस विश्वविद्यालयमा पढेर विभिन्न क्षेत्रमा काम गरिरहेका रुसी भाषाका ज्ञाता राष्ट्रिय विशेषज्ञहरुलाई नेपालमा मात्र नभई विश्वको जुनसुकै कुनामा पनि भेट्न सकिन्छ…





यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi