मनकामना सास्कृतिक परिवारका कलाकार भिम्सेन खतिवडाले राष्ट्रिय गीतबाट सुरु भएको बनभोज कार्यक्रम ५ शुक्रबारका दिन अलखोल पब्लिक गार्डेनमा सम्पन्न भएको छ ।
गोरखा प्रवासी संघका अध्यش श्रीकष्ण्ँ भट्टराईको अध्यشतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएनका उपाध्यक्षँ सागर नेपालविशेष अतिथि संघसास्कृतिक परिवारका संरक्षक तथा कतार संयोजक बद्री प्रसाद पाण्डेकतार चेम्वर अफ कमस्रका अध्यक्षँ केदार नाथ ढकाल । अतिथिहरु नेपाल साँस्कृतिक केन्द्रका बालकृष्ण पौडेल अन्तराष्ट्रिय नेपाली कलाकार संघ बलविक्रम थापासन्ध्या ग्रुपका विरेन्द्र कुमार याक्थुम्वा जनप्रगतिशिल माचका हरी नेपालीचितवन युवा समुहका महासचिव बुद्धिराज अर्यालधािद¨ युवा समाजका रामकाजी थापानेपाली प्रवासी मगर संघका प्रकाश आलेअन्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठश्रमिक रेमिटका तारा मंगोल र ब्यवसायी नरेन्द्र सेन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु उपस्थिति रहेको थियो ।
सस्कृतिक परिवारलाई स्थापनाकाल देखी नै सहयोग गर्ने पाण्डे र नेपाललाई कदरपत्र र नेपालीको पहिचान ढाकाटोपी लगाएर संघका अध्यक्ष भट्टराई र सास्कृतीक परिवारका अध्यक्ष आशबहादुर गुरु¨ले सम्मान गरेका थिए भने सास्कृतिक परिवारका कलाकारहरु तथा सहयोगिहरुलाई सम्मान पत्र प्रमुख अतिथि नेपालले प्रदान गरे ।
कार्यक्रमको रमाइलो प्रस्तुति भनेको मनकामाना सास्कृतिक परिवारका कलाकार भिम्सेन खतिवडा र खुम गाउँको सुमधुर स्वरमा ुयो नेपाली सिर उचालि संसारमा लम्कन्छसावित्रि गिरीमिना लामा र अन्तराष्ट्रिय कलाकार संघका बलबिक्रम थापा र टेक राज विचको ुमायाले मार् यो…ु चन्दिमाया तामा¨ इन्द्र लहोर तथा भिम्सेन खतिवाडा दयाराम तमु विच ुसम्भेर यो मन यो मन रोको छ…ु दोहोरीको घम्सा घम्सी चलेको थियो ।
सुवास र सविनाको ुयो दिल प्रदेशी हो गया…ु बोलको हिन्दी गीतको नृत्यकुन्दन क्षेत्रीको झमझम स्टकोटसृजना र चौधरी ग्रुपका कलाकारको युगल नृत्यअजुन लामालक्ष्मण सुरेशकर्णको सामुहिक नृत्यले पनि उपस्थित दर्शकहरुको ध्यान केन्द्रीत गरेको थियो ।
बनभोजको अर्को आकर्षक भने मैत्रिपूण फुटबल कार्यक्रम रहेको थियो । फुटवल प्रतियोगितामा पाँच नेपाली टिमहरु सहभागी भएका थिए जस अन्तर्गत राम्को टिम माउण्ट एभरेष्ट युवा क्लव श्रमिक रेमिट मनकामना साँस्कृतिक परिवार तथा मितेरी युवा क्लवहरु सहभागी भएका थिए । जस अन्तर्गत माउण्ट एभरेष्ट प्रथम श्रमिक रेमिट द्धतिय र राम्को तृतीय भए । प्रथम द्धतिय तथा तृतिय हुनेहरुलाई भट्टराई र नेपालले कप तथा प्रमाणपत्र प्रदान गरे ।
सास्कृतिक परिवारका अध्यक्ष गुरु¨ले स्वागत मन्तब्य तथा कार्यक्रमबारे जानकारी गराएका थिए भने संघका सचिव गणेश बानियाले कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस मनकामना सास्कृतिक परिवारको नाम परिवर्तन गरि मनकामना नेपाली सास्कृतिक परिवार बनाईएको छ । उक्क्त नेपाली सास्कृतिक परिवारको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । आशबहादुर गुरु¨को अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति गठन गरिएको छ । संरक्षक-बद्री प्रसाद पाण्डेसागर नेपालसल्लाहकार संयोजक बालकृष्ण पौडेलसल्लाहकारहरु- बुधवल गुरु¨गणेश बाँनियालाल भट्टसावित्री गिरी मणिराज थापाहरी ढकालनिर्देशक-श्रीकृष्ण भट्टराई छन भने उपाध्यक्ष-भिम्सेन खतिवडासचिव-लक्ष्मण खनालसह-सचिव खुम गाउँलेकोषाध्यक्ष-राजेश्वर ढकालसह-कोषाध्यक्ष-सृजना तामा¨सदस्यहरु-दिल भट्टराईसुवास उदासकुन्दन क्षेत्रीविकाश गुरु¨सानु याख्खा विष्णु भट्टराईदिपक अधिकारीडम्वर सुवेदी छन् । एकको पछि पदपूर्ती गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमको अन्तमा सास्कृतिक परिवारका उपाध्यक्ष खतिवडाले राष्ट्रिय गीत सम्पूर्ण नेपालीको ढुकढुकीमा रहनुपर्छ भन्दै १५२० प्रति प्रमुख अतिथि नेपालको हातबाट जनमानसमा वितरण गराएका थिए ।