|
प्रहरी जमिम शाहका हत्याराको नजिक-गृह राज्यमन्त्री
गृहराज्यमन्त्री रिजवान अन्सारीले आपुूहरु च्यानल नेपालका अध्यक्ष जमिम शाहको हत्या गर्ने अपराधीको निकट पुगिसकेको दावी पनि गर्नु भएको छ । उहांले एक दुइ दिनभित्रै अपराधी पक्राउ पर्ने दाबी समेत गर्नुभएको छ ।
रिपोर्टस्र क्लब नेपालको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री अन्सारीले अपराधीहरु उम्किन नपाउन भनी सवै साधन स्रोतको परिचालन गरिएको र हत्याको छानविनका लागि आजै विशेष कार्यदल समेत बनाइने जानकारी दिनुभयो ।
अहिलेसम्मको अनुसन्धानले शाहको हत्या संगठीत आपराधिक गिरोहले गरेको देखिएको भन्दै उहांले त्यो गिरोह राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन हो भन्ने एकीन भईनसकेको बताउनु भयो । राज्यमन्त्री अन्सारीले घटना हुन नदिन राज्यको गुप्तचर एजेासी असफल देखिएको स्वीकार गर्दै अपराधी पनि पक्राउ पर्न सकेनन् भने राजधानीको सुरक्षा व्यवस्था नै असफल भएको मानिने बताउनु भयो ।
पछिल्लो चरणमा भईरहेका आपराधिक घटनाक्रमले सरकारको सुरक्षा योजनामा अझै कमजोरी रहेको प्रष्ट भएको भन्दै उहांले राजधानी लगायत मुलुकभरको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुपर्ने महसुस भएको पनि बताउनु भयो ।
जमिम शाहलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइ वा अन्डरवल्र्ड डन दाउद इब्राहिमसंग जोड्ने गरिएको प्रसंगमा गृहराज्यमन्त्रीले उहांमाथिको आरोपको पाटो अर्कै हो भन्दै अहिले नेपाली नागरिकको हत्या भएको छ र सरकारले यसलाई गम्भीर रुपमा लिएको छ भन्नुभयो ।
|