|
सवारी साधन रोकी लुटपाट गर्दैगरेको वेला तीन जना पक्राउ
रौतहट
सवारी साधन रोकी लुटपाट गर्दै गरेको वेला रौतहट जिल्लाको माधोपुरबाट गएराति एपीएफ टोलीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको माधोपुर गाविस ६ बस्ने विजय चौधरी माधोपुर ५ बस्ने नरेन्द्रराम चमार र यादवलाल चौधरी रहेका छन् ।
माधोपुरबाट लौकाहातर्फ जाँदैगरेको ट्याक्टरलाई त्यसठाँउमा रोकी चालकसँग रहेको धनमाल लुट्ने प्रयास गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल सुरक्षा बेस मेलहनियाबाट स्थानीय प्रहरीसहित गस्तीमा खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई तत्कालै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।
|