स्पेशटाइम नेटवर्कका अध्यक्ष जमीम शाहको हत्या गरिएको समाचारले व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल स्तव्ध भएको छ ।
जमीम शाहलाई हिजो आइतवार दिउँस २ः२० वजे आफनो ना १ च ५१२१ नंवरको जिपमा यात्रा गरिरहेको अवस्थामा लाजिम्पाटमा मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली हानेका थिए । उनको शिक्षण अस्पताल महाराजगाजमा उपचारको क्रममा दिउसो ३ः४५ वजे निधन भएको जनाइएको छ ।
जमीम शाहका सवारी चालक मथुरामान मालाकारलाई पनि गोली हानीएको छ । उनको शिक्षण अस्पताल महाराजगाजमा उपचार भइरहेको छ ।
व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल मथुरामान मालाकारको शिघ्र स्वास्थलाभको कामना गदर्छ ।
जमीम शाहको परिवार आफन्त साथीभाई मिडिया व्यवसायी पत्रकार र मिडिया कर्मी साथीहरु लगायत लोकतन्त्र शान्ति र मानवअधिकार पक्ष धर आम नागरिक समक्ष शोकलाई शक्तिमा वदलेर अन्याय अत्याचार र लोकतान्त्रिक पद्दती विरुद्धका गतिविधिहरु हुन नदिन अझ जुझारु वन्ने अठोट िलंदै हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपालको पहिलो स्याट्लाईट टेलिभिजन च्यानल नेपालका साचालनक केवल टि।भि।sा वितरक र हाल वन्द रहेको स्पेसटाइम राष्ट्रिय दैनिक पत्रिकाका साचालक समेत रहेका स्वतन्त्र मिडिया व्यवसायी जमीम शाहको हत्या गरिनुले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको पुष्ठि भएको छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको सस्थागत विकासको निम्ति मिडियाको क्षमता गुणस्तर र क्षेत्र विकासगर्न लगानीकर्ताहरुको आकर्षण वढाउनुपर्ने राज्यको दायित्व रहेको वेला व्यवसायीको भौतिक सुरक्षा समेत हुन नसक्नु दुःखद विषय वनेको छ ।
व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल सुरक्षा दिन नसक्ने सरकार प्रति आक्रोष व्यक्त गर्दछ । लोकतन्त्रको पूर्ण कार्यान्वयन नभएसम्म मिडिया क्षेत्रको सुरक्षामा साथ दिन आम नागरिक समुदाय प्रति व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल हार्दिक अपिल गर्दछ ।
सरकार भएको प्रत्याभूति दिन भएपनि उच्च स्तरिय स्वतन्त्र आयोग गठन गरेर जमीम शाहको हत्याको छानविन गरेर हत्यारा पत्तालगाई कार्वाही गर्न र मथुरामान मालाकारको सम्पूर्ण उपचार खर्च व्यहोरेर उचित उपचार प्रवन्ध गर्न व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।