जातिय द्धन्द्ध समाप्त गर्नको लागी यूवाहरुले समाजमा अहम भुमिका खेल्नुपर्छ -पूर्ण बिक पहाडी
नेपाल एउटा यस्तो देश हो प्राकृतिक स्रोतले धनी देश तर त्यहाँ का जनता सधै गरिबको रेखा मुनी नै छन भन्दा अन्यथा नहोला । गरिब देशमा जातियताको द्धन्द्ध झनै खतरा हुन्छ भन्ने हामीले बिगतको दिनहरुमा देखी सकेका छौ गरिब भएको फाईदा उठाउदै केहि धनी र बाठा ब्यक्तीहरुले समाजमा फईदा उठाउने काम गरि रहेका छन । यो सहजै बुझन सकिने कुरा हो तर अहिले समाजमा यस्ता ब्यक्तीहरु पनी आएका छन जस्ले समाजलाई समान्ताको दृिष्ट हेर्ने गरेको पाईन्छ । हुन पनी विश्व अहिले परिवर्तनकारी छ कसैले कसै माथी अत्याचार गरेर धेरै दिन टिक्न सकिदैन भन्ने कुराहरु हामीले देखी सकेकाछौ र भोगी सकेका पनी छौ ।
अहिले समाजलाई समान दृष्टिले हेर्ने ब्यक्तीको आवश्यता छ यती बेला यस्ता ब्यक्ती हाम्रो समाजमा पनी छन नभएका चाही होईन्न् तर यी ब्यक्तीहरुको मह्त्वलाई समाजले बुझन सकेको छैन उनिहरुको परिवर्तनको चाहानालाई यो पुरानो समाजले आत्मा साथ गर्न नसकेको बेला पनी यही हो । विगत २ महिना भित्र हामी केहि समाचार पढन पायौ त्यो समाचार यहाँ पनी राख्ने कोशिज गरेको छु किन कि यी समाचार यो लेख संग नै मेल खान्छ । दलितहरुले घेरे जिल्ला प्रशासन भन्ने समाचारले निकै चर्चा पायो । गोरखामा संयूक्त राजनितिक दलित संघर्ष समितिले जिल्ला प्रशासन कार्यलय गोरखामा एक घण्टा धर्ना धर्ना कार्यक्रममा बोल्दै दलित नेताहरु डिल बहादुर सेन्चुरीकाजी राम रोका राम बहादुर नेपालीतेज बहादुर नेपालीईश्वर परिवाले गोरखामा अझै पनी दलितहरुलाई होतलमा खानाखाजा खादा भाँडा माझन लगाउने गरेको खुलासा गरे । यो समाचारले के जानाउछ भने समाजमा अझै पनी रुढीबाढी चलन यथावत नै छ यसले समाजमा अझैपनी हैकम बाद लाडेको छ भन्ने स्पष्ट हुन्छ ।
अर्को समाचार ः – अन्तरजातीय विवाह गर्ने जोडीमाथि निघर्त कुतपिट अन्तरजातीय विवाह गरेको भन्दै कन्चनपुरको वेलडाँडी ७ का यूवा जोडीमाथी निर्घात कुटपिट गरिएको छ । दलित यूवकसंग विवाह गरेको आरोपमा १९ वर्षीय सुनिता शाही र विमल आउजीलाई निर्घात कुटपीट गएिको छ । ती जोडीलाई जवेलडाँडी ९ झरना सागर नजिक सुनिताको आफन्तले कुटपिट गरि घाईते बनाएका हुन । घरबाट भागेर विमल सँग विवाह गरेकी सुनिता लाई उनका आफ्न्तले छुट्टायार भारतमा बस्दै आएका अर्का युवकसँग विवाह गरिदिएका थिए । तर सुनिता पुरानै प्रेमीसँग भागे पछी दुई जोडीलाई कुटपीट गरिएको थियो । चोरीको मुद्या लगाउँदै दुवैलाई जिल्ला कार्यलयमा पुर्याएपछी सुतिाका अभिभाबकले निर्वस्त्र बनाएर छाडेको बताईको छ ।
महिला अधिकारकर्मीको रोहवरमा दुवैजनाको अदालतमा विवाह गर्ने तयारी गएिको छ । युवाहरु समाज परिवर्तनमा छन भन्ने कुरा यो समाचार बाट पनी हामीले जानकारी पाउन सक्छौ । मायाँ भन्ने कुरा सानो होईन संसारमा मायाँ गर्ने र समाज परिवर्तन गर्नेलाई कसैले रोक्न पनी सकेको छैन हामीले पूर्वकालमा पनी यस्ता घटना भएको पाउछौ । मुना मदन लैल्ला मजनुन भन्ने कुरा त हामीले पढिसकेका नै छौ । यस मा अर्को समाचार ठप गदैछु । – अन्तरजातीय विवाह पहिलो पटक दर्ता सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भनेपनी अझै समाजमा अत्यन्त उपेक्षा गरिने संस्कारलाई चुनौती दिदै स्याङजाका एक अन्तरजातीय विवाहित जोडिले विधिवत विवाहदर्ता गरेर समाजमा चेतनाको एउटा इँटा थपेका छन ।
पच्श्चिम स्याङजा जिल्लाको तुलसी भाज्याङ गा वि समा पहिलो पटक अन्तरजातीय विवाहको दर्ता गरिएको हो । तुलसी भाज्याङ वार्ड न। ६ निवासी २५ वर्षीय स्याम ब। राना र सोहि गा वि स वार्ड न। ३ कि १८ वर्षीय सविता बिक बिच केहि समय अगाडी अन्तरजातीय प्रेम विवाह भएको थियो । आफुहरुलाई समाजमा हेला गरिएको पाएर त्यसलाई चुनौती दिदै विवा दर्ता गरेका जनाएका छन ।
विवाहि ती दम्पतीले यो हाम्रो कुसंस्कारले भरिएको समाजलाई हामीले चुनौती दिएको छौ भने उनीहरुले समाजमा आफुहरुले उदाहरण र परिवर्तन हुनु पर्छ भन्ने मान्यताको साथ हामीले प्रेम विवाह गरेको बताए ।
हामीले यी ३ समाचारहरु बाट पनी के ठाँहा पाउन सक्छौ भने अब हामीले समाजलाई कुसंस्कारको दोरीले बाधेर रोकिने वाला छैन । यूवाहरु समाज परिवर्तन को मुख्य स्रोत हुन यूवाहरुले चाहेमा यो समाज हामीले कुसंस्कार बाट संस्कारमा परिवर्तन गर्न सक्छौ । भन्ने उदाहरण पनी हामीले पायौ अब हामी सचेत हुनु आवश्यता छ यो कुनै पुरानो युग होईन यो परिवर्तनकारी युग हो त्यसैले परिवर्तनको मुख्य भुमिका युवाहरुले नै खेल्ने गर्दछन । जसमा जातीयताको सवाल छ यसमा युवाहरुको अहम भुमिका हुनु पर्छ तब मात्र जातीय द्धन्द्ध को समाप्त गर्न सकिन्छ ।