जनयुद्धको साचालन र विकास : एक समीक्षा -हिरामणि दुःखी
विषय प्रवेश
नेपाली क्रान्तिको इतिहासमा एउटा छुट्टै पहिचान छोड्न सफल भएको महान् जनयुद्धको १५औँ वार्षिक उत्सव अर्थात् १४औँ वर्षगाँठ आउन अब एकहप्ता मात्र बाँकी छ । यस अवसरमा हामीले जनयुद्धका उपलब्धी र यसका सीमा समस्याका बारेमा छलफल वहस र मूल्याङ्कन गर्नु जरुरी भएको छ । जनयुद्ध जुन उद्देश्य र लक्ष्य लिएर साचालन भएको थियो ती कुराहरु के कति प्राप्त भए वा भएनन् भन्ने विषय नै यतिखेरको मूल्याङ्कनको विषय बन्न गएको छ । अर्कोतर्फ अबको शान्तिप्रकृयामा कसरी जनयुद्धको उद्देश्य र लक्ष्य पूरा गर्न सकिन्छ भन्ने कुरा पनि माओवादी पार्टीका निम्ति समीक्षाको अर्को विषय बन्न पुगेको छ । यिनै विषयमा केन्द्रित रहेर यो आलेखमा समीक्षा गर्ने प्रयास गरिने छ ।
पृष्ठभूमि ः
राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण गरिएको भनिएको नेपाल निर्माण सँगसँगै नेपालमा सामन्ती निरङ्कुश राजतन्त्रात्मक राज्यव्यवस्थाको विजारोपण भयो । विधिवत रुपमा सामन्तवादी एकात्मक राज्यव्यवस्थाको सुरुआत पृथ्वीनारायणले नै गरेका थिए । एकात्मक राज्यव्यवस्थाद्वारा नेपालका आदिवासी र जनजातिहरुको अधिकार खोसेर उनीहरुमाथि आन्तरिक औपनिवेशिक शासनसत्ता थोपरियो । जसले गर्दा नेपालका आदिवासी एवम् सम्पूर्ण जनजातिहरुले सत्ताधारीवर्गको चरम शोषण र उत्पीडन सहँदै आए । यद्यपि वेलावखतमा विभिन्न तरिकाले सामन्ती उत्पीडनकारी राज्यसत्ताको विरोधमा जनताले विभिन्न प्रकारका सङ्घर्षहरु साचालन गर्दै पनि आए । तर ती कुनै पनि आन्दोलनहरुमा जनताले विजय प्राप्त गर्न सकेनन् । विजय प्राप्त गर्न नसक्नुको कारण निश्चित विचारधारामा आधारित सङ्गठित विद्रोह नहुनु नै थियो । किन कि पृथ्वीनारायण शाहको उदय भएको समयमा विश्वमा वैज्ञानिक विचारको प्रतिपादन भएको थिएन । धेरै समयपछि मात्रै जर्मनबाट माक्स्रवादको उदय भयो । र त्यो विचार संसारभरि फैलन पनि निकै समय पर्खनु पर् यो । त्यसैले सुस्पष्ट विचारको अभावमा नेपालमा भएका वेलावखतका विद्रोहहरु सङ्गठित हुन सकेनन् र तिनले संरक्षण पाउन पनि सकेनन् । निरङ्कुशताका विरुद्धमा जनताले नै प्रतिरोध गर्ने परिस्थिति निर्माण हुन नसक्दा शासकहरुले चर्को दमनद्वारा विद्रोहहरुलाई दवाउन सफल भइरहे । किनभने सात सालपूर्वका जति पनि विद्रोहहरु थिए ती सबै दरबारभित्रैबाट सत्ता हत्याउनका लागि घात प्रतिघातका रुपमा र केही सचेत रुपले कर्मचारीहरु र भारदारीहरुबाट हुने गरेका थिए । तथापी ती विद्रोहहरु जनताको मुक्ति र राष्ट्रको उन्नती एवम् प्रगतिका निम्ति भन्दा पनि भारदारहरुका बीच भएको शक्ति सङ्घर्षका रुपमा सीमित रहन पुग्दथे ।
जब १९औँ शताब्दीमा जर्मन दार्शनिक कार्ल माक्स्र र प्रुेडरिक एङ्गेल्सद्वारा विश्व कम्युनिस्ट घोषणा-पत्र जारी भयो तबदेखि नै विश्वमा नयाँ विचारको जन्म भयो । जसलाई हामी माक्स्रवाद भनेर बुझ्दछौँ । यो विचारको मूल कडि भनेको पुरानो उत्पीडनकारी राज्यव्यवस्थालाई उल्टाएर नयाँ राज्यव्यवस्था स्थापना गर्नु थियो । अर्थात् राज्यसत्तालाई पूरैका पूरै उल्टाएर शोषकवर्गबाट शोषितवर्गको हातमा सम्पूर्ण अधिकार दिलाउनु थियो । र यो विचारले उत्पीडितवर्गका लागि सत्ता प्राप्तीको बाटो पनि देखाइदियो । त्यो बाटो भनेको वर्गसङ्घर्षको बाटो हो । त्यसपछिका विश्वभरि फैलिएका सङ्घर्षहरुले वर्गसङ्घर्षको रुप लिन पुगे । त्यही क्रममा सातसालपछि नेपालमा चलेको क्रान्ति पनि वर्गसङ्घर्षको रुपमा विकसित हुँदै गयो । यसरी नेपालमा माक्स्रवादको प्रवेशपछि सामन्तवादी राज्यव्यवस्थाका विरुद्धमा पटकपटक सङ्घर्षहरु साचालन त भए परन्तु ती सङ्घर्षहरु पनि माक्स्रवादलाई ठिकसँग बुझ्ने र लागू गर्ने विषयमा भएका जडता यान्त्रिकता र दक्षिणपन्थी भड्कावका कारण ठिकसँग साचालन र परिचालन हुन नस्क्दा असफल हुँदै गए । यसरी नेपाली कम्युनिस्ट आन्दोलनमा भएका निकै लामो अन्तरसङ्घर्षबाट नेकपा माओवादी जन्मन पुग्यो र यसले क्रान्तिको सही रणनीति र कार्यनीति निर्माण गर्नुका साथै त्यसलाई जीवन व्यवहारमा पनि लागू गर्दा जनयुद्ध साचालन हुन पुग्यो ।
जनयुद्धको घोषणा ः
सातसालमा र त्यसपछि नेपालमा चलेका सबै वर्गसङ्घर्षहरु र नेपाली कम्युनिस्ट आन्दोलनमा चलेका अन्तरसङ्घर्षहरुको निचोड नै ०५२ फागुनदेखि साचालन भएको जनयुद्ध थियो । जसलाई तात्कालिन नेकपा माओवादीले नेतृत्व गरेको थियो । जनयुद्धको लक्ष्य नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । जो सशस्त्र सङ्घर्षका माध्यमबाट दीर्घकालिन जनयुद्धको कार्यदिशा अनुरुप प्राप्त गर्नु रहेको थियो । जनयुद्ध साचालन गरेपछि माओवादीले शान्तिपूर्ण रुपले गरिने जनसङ्घर्षहरुका विभिन्न रुपहरु पनि साचालन गर्दै लग्यो भने दीर्घकालिन जनयुद्धमार्फत् गाउँबाट सहर घेर्ने रणनीतिलाई पनि एकैसाथ साचालन गर्दै लग्यो । जनयुद्धको सशस्त्र रुप र जनआन्दोलनको शान्तिपूर्ण रुपलाई माओवादीले एकाकार गर्दै लग्यो । यसरी सशस्त्र आक्रमणको औचित्य जनआन्दोलनमार्फत् पुष्टि गर्ने र जनआन्दोलनबाट उठाइएका जनताका आवाजलाई प्रतिकृयावादी सत्ताले नसुन्दा सशस्त्र आक्रमणलाई तेज पारेर जनतामा अनुमोदन गराउने विधिलाई माओवादीले राम्रोसँग साचालन गर् यो । यो प्रकृया निरन्तररुपले दसवर्षसम्म साचालन भयो । दसवर्षको लडाइँमा घरेलु प्रतिकृयावादीवर्ग एकहदसम्म त असफल भयो तर यसलाई साम्राज्यवाद र भारतीय विस्तारवादले बलियोसँग उकेरा लगाएको हुनाले नेपाली जनताले वैदेशिक हस्तक्षेपलाई समेत नेस्तनावुद पार्न युद्धको कार्यनीतिलाई चेाज गर्नुपर्ने भयो । फलस्वरुप नेपाली जनताको प्रधान शत्रुलाई खतम गर्न सहायक शक्तिलाई साथमा लिएर लड्नका लागि ुसङ्घीय लोकतान्त्रिक गणतन्त्रुको कार्यनीति अघि सार् यो । जसले प्रमुख दुश्मन राजतन्त्रलाई समाप्त पार्न संसदवादी दलहरुलाई कार्यगत मोर्चामा ल्याउन सफल भयो । त्यसैको परिणामस्वरुप माओवादी र तात्कालिन सात संसदवादी राजनीतिक दलहरुका बीचमा १२बुँदे सहमति भयो । उक्त सहमतीले १९दिने जनआन्दोलनको रुप लिन पुग्यो र राजतन्त्र कमजोर बन्न गयो । पछि गएर शान्तिप्रकृया पश्चात् संसदवादी पार्टीहरुसँगको निरन्तरको टेवुलसङ्घर्षका माध्यमबाट राजतन्त्रसमेत ढालियो । यसरी मात्र नेपालमा विधिवत रुपले राजतन्त्र समाप्त भई गणतन्त्रको स्थापना भयो ।
जनयुद्धको घोषणा तात्कालिन सत्तासङ्घर्षको परिणाम मात्र थिएन । कतिपयले ०४६सालमा बहुदलको पुनस्र्थापना भएपछिका सरकारहरुले जनताको ताल्कालिन समस्याहरुको हल नगरी उनीहरुमाथि दमनको भाषा मात्र प्रयोग गरेकाले माओवादी जन्मिएको हो र उसले जनयुद्ध घोषणा गरेको हो भनेर अंशगत र अत्यन्त हल्का विश्लेषण गर्ने गर्दछन् । वास्तविकता त्यसो होइन र थिएन पनि । जनयुद्धको घोषणा त नेपाली कम्युनिस्ट आन्दोलनको स्थापनाको मर्म भावना लक्ष्य र उद्देश्यको परिणाम थियो । साथै यो सातसालदेखि जनताले गर्दै आएका सचेततापूर्ण आन्दोलनहरुको अधुरो सपनाको प्रतिबिम्ब थियो । वास्तवमा सातसालमै जनताले राणासहित राजतन्त्र समेतको अन्त्य गरेर देशमा गणतन्त्र ल्याउन चाहेका थिए । त्यो आन्दोलनलाई सम्´ाैतामा टुङ्ग्याउनाले जनताले सत्रसालको नियती भोग्नुपरेको थियो । त्यसपछि पनि पाचायतका विरुद्धमा भएका आन्दोलनहरु यो वा त्यो वहानामा तुहाउने र पुनः निरङ्कुशतालाई वैधानिकता दिने कामहरु हुँदै गए । त्यहाँ पनि जनताको आन्दोलन अधुरै रहन गयो र ०४६ पछिको परिवर्तनले ज्ञानेन्द्र प्रवृत्ति जन्मन पुग्यो । पटकपटक जनताको वलिदानीपूर्ण आन्दोलनहरु असफल हुनुको कारण सही विचार र नेतृत्व नहुनुको परिणाम थियो । मूलधार भनिएका कम्युनिस्टहरु नै संसोधनवादी हुनु र ठूलो दलको रुपमा रहेको नेपाली काङ्ग्रेस प्रतिकृयावादी र सामन्तवादीहरुको पार्टी हुनुले नै उनीहरुको नेतृत्व र विचारमा आन्दोलन केन्द्रित हुन पुग्दा जनताले धोका खानु पर् यो । एकातिर आन्दोलनको प्रकृया यसरी अघि बढ्यो भने अर्कातर्फ क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेतृत्व स्थापित हुन नसक्दा क्रान्ति सही दिशामा अघि बढ्न सकेन । जब क्रान्तिकारी कम्युनिस्टहरुको पाँचौँ महाधिवेशन भयो त्यसपछि मात्र मालेमावादी विचारलाई नेपालमा ठिकसँग बुझ्ने र परिचालन गर्ने कुराको वहस थालनी भयो । यही प्रकृयाबाट नेकपा माओवादीले नयाँ आकार ग्रहण गर्दै गयो । क्रमशः