;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ   अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच   पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध   बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन   विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।   मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत   Tihar Celebration 2010 Montgomery County, Maryland   दरवारमा बिज्ञापन दलालको चलखेल जारी   Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia   नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई


जनयुद्धको साचालन र विकास : एक समीक्षा
-हिरामणि दुःखी


विषय प्रवेश
नेपाली क्रान्तिको इतिहासमा एउटा छुट्टै पहिचान छोड्न सफल भएको महान् जनयुद्धको १५औँ वार्षिक उत्सव अर्थात् १४औँ वर्षगाँठ आउन अब एकहप्ता मात्र बाँकी छ । यस अवसरमा हामीले जनयुद्धका उपलब्धी र यसका सीमा समस्याका बारेमा छलफल वहस र मूल्याङ्कन गर्नु जरुरी भएको छ । जनयुद्ध जुन उद्देश्य र लक्ष्य लिएर साचालन भएको थियो ती कुराहरु के कति प्राप्त भए वा भएनन् भन्ने विषय नै यतिखेरको मूल्याङ्कनको विषय बन्न गएको छ । अर्कोतर्फ अबको शान्तिप्रकृयामा कसरी जनयुद्धको उद्देश्य र लक्ष्य पूरा गर्न सकिन्छ भन्ने कुरा पनि माओवादी पार्टीका निम्ति समीक्षाको अर्को विषय बन्न पुगेको छ । यिनै विषयमा केन्द्रित रहेर यो आलेखमा समीक्षा गर्ने प्रयास गरिने छ ।
पृष्ठभूमि ः
राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण गरिएको भनिएको नेपाल निर्माण सँगसँगै नेपालमा सामन्ती निरङ्कुश राजतन्त्रात्मक राज्यव्यवस्थाको विजारोपण भयो । विधिवत रुपमा सामन्तवादी एकात्मक राज्यव्यवस्थाको सुरुआत पृथ्वीनारायणले नै गरेका थिए । एकात्मक राज्यव्यवस्थाद्वारा नेपालका आदिवासी र जनजातिहरुको अधिकार खोसेर उनीहरुमाथि आन्तरिक औपनिवेशिक शासनसत्ता थोपरियो । जसले गर्दा नेपालका आदिवासी एवम् सम्पूर्ण जनजातिहरुले सत्ताधारीवर्गको चरम शोषण र उत्पीडन सहँदै आए । यद्यपि वेलावखतमा विभिन्न तरिकाले सामन्ती उत्पीडनकारी राज्यसत्ताको विरोधमा जनताले विभिन्न प्रकारका सङ्घर्षहरु साचालन गर्दै पनि आए । तर ती कुनै पनि आन्दोलनहरुमा जनताले विजय प्राप्त गर्न सकेनन् । विजय प्राप्त गर्न नसक्नुको कारण निश्चित विचारधारामा आधारित सङ्गठित विद्रोह नहुनु नै थियो । किन कि पृथ्वीनारायण शाहको उदय भएको समयमा विश्वमा वैज्ञानिक विचारको प्रतिपादन भएको थिएन । धेरै समयपछि मात्रै जर्मनबाट माक्स्रवादको उदय भयो । र त्यो विचार संसारभरि फैलन पनि निकै समय पर्खनु पर् यो । त्यसैले सुस्पष्ट विचारको अभावमा नेपालमा भएका वेलावखतका विद्रोहहरु सङ्गठित हुन सकेनन् र तिनले संरक्षण पाउन पनि सकेनन् । निरङ्कुशताका विरुद्धमा जनताले नै प्रतिरोध गर्ने परिस्थिति निर्माण हुन नसक्दा शासकहरुले चर्को दमनद्वारा विद्रोहहरुलाई दवाउन सफल भइरहे । किनभने सात सालपूर्वका जति पनि विद्रोहहरु थिए ती सबै दरबारभित्रैबाट सत्ता हत्याउनका लागि घात प्रतिघातका रुपमा र केही सचेत रुपले कर्मचारीहरु र भारदारीहरुबाट हुने गरेका थिए । तथापी ती विद्रोहहरु जनताको मुक्ति र राष्ट्रको उन्नती एवम् प्रगतिका निम्ति भन्दा पनि भारदारहरुका बीच भएको शक्ति सङ्घर्षका रुपमा सीमित रहन पुग्दथे ।
जब १९औँ शताब्दीमा जर्मन दार्शनिक कार्ल माक्स्र र प्रुेडरिक एङ्गेल्सद्वारा विश्व कम्युनिस्ट घोषणा-पत्र जारी भयो तबदेखि नै विश्वमा नयाँ विचारको जन्म भयो । जसलाई हामी माक्स्रवाद भनेर बुझ्दछौँ । यो विचारको मूल कडि भनेको पुरानो उत्पीडनकारी राज्यव्यवस्थालाई उल्टाएर नयाँ राज्यव्यवस्था स्थापना गर्नु थियो । अर्थात् राज्यसत्तालाई पूरैका पूरै उल्टाएर शोषकवर्गबाट शोषितवर्गको हातमा सम्पूर्ण अधिकार दिलाउनु थियो । र यो विचारले उत्पीडितवर्गका लागि सत्ता प्राप्तीको बाटो पनि देखाइदियो । त्यो बाटो भनेको वर्गसङ्घर्षको बाटो हो । त्यसपछिका विश्वभरि फैलिएका सङ्घर्षहरुले वर्गसङ्घर्षको रुप लिन पुगे । त्यही क्रममा सातसालपछि नेपालमा चलेको क्रान्ति पनि वर्गसङ्घर्षको रुपमा विकसित हुँदै गयो । यसरी नेपालमा माक्स्रवादको प्रवेशपछि सामन्तवादी राज्यव्यवस्थाका विरुद्धमा पटकपटक सङ्घर्षहरु साचालन त भए परन्तु ती सङ्घर्षहरु पनि माक्स्रवादलाई ठिकसँग बुझ्ने र लागू गर्ने विषयमा भएका जडता यान्त्रिकता र दक्षिणपन्थी भड्कावका कारण ठिकसँग साचालन र परिचालन हुन नस्क्दा असफल हुँदै गए । यसरी नेपाली कम्युनिस्ट आन्दोलनमा भएका निकै लामो अन्तरसङ्घर्षबाट नेकपा माओवादी जन्मन पुग्यो र यसले क्रान्तिको सही रणनीति र कार्यनीति निर्माण गर्नुका साथै त्यसलाई जीवन व्यवहारमा पनि लागू गर्दा जनयुद्ध साचालन हुन पुग्यो ।
जनयुद्धको घोषणा ः
सातसालमा र त्यसपछि नेपालमा चलेका सबै वर्गसङ्घर्षहरु र नेपाली कम्युनिस्ट आन्दोलनमा चलेका अन्तरसङ्घर्षहरुको निचोड नै ०५२ फागुनदेखि साचालन भएको जनयुद्ध थियो । जसलाई तात्कालिन नेकपा माओवादीले नेतृत्व गरेको थियो । जनयुद्धको लक्ष्य नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । जो सशस्त्र सङ्घर्षका माध्यमबाट दीर्घकालिन जनयुद्धको कार्यदिशा अनुरुप प्राप्त गर्नु रहेको थियो । जनयुद्ध साचालन गरेपछि माओवादीले शान्तिपूर्ण रुपले गरिने जनसङ्घर्षहरुका विभिन्न रुपहरु पनि साचालन गर्दै लग्यो भने दीर्घकालिन जनयुद्धमार्फत् गाउँबाट सहर घेर्ने रणनीतिलाई पनि एकैसाथ साचालन गर्दै लग्यो । जनयुद्धको सशस्त्र रुप र जनआन्दोलनको शान्तिपूर्ण रुपलाई माओवादीले एकाकार गर्दै लग्यो । यसरी सशस्त्र आक्रमणको औचित्य जनआन्दोलनमार्फत् पुष्टि गर्ने र जनआन्दोलनबाट उठाइएका जनताका आवाजलाई प्रतिकृयावादी सत्ताले नसुन्दा सशस्त्र आक्रमणलाई तेज पारेर जनतामा अनुमोदन गराउने विधिलाई माओवादीले राम्रोसँग साचालन गर् यो । यो प्रकृया निरन्तररुपले दसवर्षसम्म साचालन भयो । दसवर्षको लडाइँमा घरेलु प्रतिकृयावादीवर्ग एकहदसम्म त असफल भयो तर यसलाई साम्राज्यवाद र भारतीय विस्तारवादले बलियोसँग उकेरा लगाएको हुनाले नेपाली जनताले वैदेशिक हस्तक्षेपलाई समेत नेस्तनावुद पार्न युद्धको कार्यनीतिलाई चेाज गर्नुपर्ने भयो । फलस्वरुप नेपाली जनताको प्रधान शत्रुलाई खतम गर्न सहायक शक्तिलाई साथमा लिएर लड्नका लागि ुसङ्घीय लोकतान्त्रिक गणतन्त्रुको कार्यनीति अघि सार् यो । जसले प्रमुख दुश्मन राजतन्त्रलाई समाप्त पार्न संसदवादी दलहरुलाई कार्यगत मोर्चामा ल्याउन सफल भयो । त्यसैको परिणामस्वरुप माओवादी र तात्कालिन सात संसदवादी राजनीतिक दलहरुका बीचमा १२बुँदे सहमति भयो । उक्त सहमतीले १९दिने जनआन्दोलनको रुप लिन पुग्यो र राजतन्त्र कमजोर बन्न गयो । पछि गएर शान्तिप्रकृया पश्चात् संसदवादी पार्टीहरुसँगको निरन्तरको टेवुलसङ्घर्षका माध्यमबाट राजतन्त्रसमेत ढालियो । यसरी मात्र नेपालमा विधिवत रुपले राजतन्त्र समाप्त भई गणतन्त्रको स्थापना भयो ।
जनयुद्धको घोषणा तात्कालिन सत्तासङ्घर्षको परिणाम मात्र थिएन । कतिपयले ०४६सालमा बहुदलको पुनस्र्थापना भएपछिका सरकारहरुले जनताको ताल्कालिन समस्याहरुको हल नगरी उनीहरुमाथि दमनको भाषा मात्र प्रयोग गरेकाले माओवादी जन्मिएको हो र उसले जनयुद्ध घोषणा गरेको हो भनेर अंशगत र अत्यन्त हल्का विश्लेषण गर्ने गर्दछन् । वास्तविकता त्यसो होइन र थिएन पनि । जनयुद्धको घोषणा त नेपाली कम्युनिस्ट आन्दोलनको स्थापनाको मर्म भावना लक्ष्य र उद्देश्यको परिणाम थियो । साथै यो सातसालदेखि जनताले गर्दै आएका सचेततापूर्ण आन्दोलनहरुको अधुरो सपनाको प्रतिबिम्ब थियो । वास्तवमा सातसालमै जनताले राणासहित राजतन्त्र समेतको अन्त्य गरेर देशमा गणतन्त्र ल्याउन चाहेका थिए । त्यो आन्दोलनलाई सम्´ाैतामा टुङ्ग्याउनाले जनताले सत्रसालको नियती भोग्नुपरेको थियो । त्यसपछि पनि पाचायतका विरुद्धमा भएका आन्दोलनहरु यो वा त्यो वहानामा तुहाउने र पुनः निरङ्कुशतालाई वैधानिकता दिने कामहरु हुँदै गए । त्यहाँ पनि जनताको आन्दोलन अधुरै रहन गयो र ०४६ पछिको परिवर्तनले ज्ञानेन्द्र प्रवृत्ति जन्मन पुग्यो । पटकपटक जनताको वलिदानीपूर्ण आन्दोलनहरु असफल हुनुको कारण सही विचार र नेतृत्व नहुनुको परिणाम थियो । मूलधार भनिएका कम्युनिस्टहरु नै संसोधनवादी हुनु र ठूलो दलको रुपमा रहेको नेपाली काङ्ग्रेस प्रतिकृयावादी र सामन्तवादीहरुको पार्टी हुनुले नै उनीहरुको नेतृत्व र विचारमा आन्दोलन केन्द्रित हुन पुग्दा जनताले धोका खानु पर् यो । एकातिर आन्दोलनको प्रकृया यसरी अघि बढ्यो भने अर्कातर्फ क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेतृत्व स्थापित हुन नसक्दा क्रान्ति सही दिशामा अघि बढ्न सकेन । जब क्रान्तिकारी कम्युनिस्टहरुको पाँचौँ महाधिवेशन भयो त्यसपछि मात्र मालेमावादी विचारलाई नेपालमा ठिकसँग बुझ्ने र परिचालन गर्ने कुराको वहस थालनी भयो । यही प्रकृयाबाट नेकपा माओवादीले नयाँ आकार ग्रहण गर्दै गयो । क्रमशः




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi