|
लघुकथा -कुमार जोशी
ल्घुकथा
शिर्षकस् अश्रु
लामो समयको अन्तरालसम्म अश्रुसंग भेट नहुँदापनि परेली आफुमा अडिग र विस्वस्त छ । मुटुको प्रत्येक स्पन्दनले त्यहि नाम पुकार्छ अश्रु १ अश्रु ११ ह्दयको प्रत्येक झंकारले त्यहि राग अलाप्छ अश्रु १ अश्रु ११ किनकी उसले अश्रुलाई कैयन श्रृतुदेखि आफ्नो परेलीको किनारले बाँधी राखेको छ । उसमा व्याकुलता छ केवल भेट कहिले होला भन्ने । भेटघाटको निम्ति उ आतुर छ । तैपनि उ समयको पर्दा च्याट्न सक्दैन । उ नियतले सिर्जेको पर्खाल छलाध्र्ग मार्न सक्दैन र बर्तमान र भविष्यलाई भुतमा परिणत गर्न पनि सक्दैन । धैर्यता नै उसको सबभन्दा ठुलो उपाय हो । दिन । हप्ता। महिना। कुर्दा पनि अश्रुसंग भेट हुने दिन ।
ट्याकु। ट्याकु। ट्याकु। बडो अभिलाषा लिएर लामो िसंढी चढ्दै उ माथि तलामा उक्लन्छ । ढोका ढकढकाउँदै मधुर स्वरमा आवाज दिन्छ अश्रु १ अश्र ११ केहि क्षणपछि भित्रबाट झर्केर मसिनो स्वरमा उत्तर आउँछ ।
किन उ त गईसकी । उ त अस्ति नै डोलीमा चढी सकी ।
यसो हेर्छ त उसकी दिदी पो रहेछिन् ।
यस अवस्थामा उसलाई समयनै स्तव्ध भएको भान हुन्छ । कस्तो विडम्बना १ कस्तो उपहास १ त्यसपछि सुँक्क सुँक्क गर्दै मलिन भएर िसंढीबाट ओर्लिन्छ ।
बादल भित्र तिमी लुके
वर्षात बनि आउने छु
क्षितिज भित्र तिमी पसे
किरण बनि छाउने छु
अश्रुको यहि उद्गारलाई आधार बनाई पर्खिराखेका उसका आकांक्षाहरु रित्तिंदा उ जीवनलाई नै धिक्कार्न पुग्छ । तर के गरोस १ निरिह प्राणी जस्तो स्थितिमा पश्चाताप मात्र गरेर के गर्नु चिन्तै चिन्ताले चिताको आव्हान गरेर मात्र के हुन्छ र १ मोतीको अनमोल दाना भई टप्कन सक्ने अश्रुलाई जाबो परेलीको के खाँचो आखिर काँच भएर सुन रोज्नु बन्जर भएर भुमिमा हरियाली खोज्नु । ममा केको घृष्टता । एक्लो जन्मनु एक्लो मर्नु यहाँ केही लिनु न दिनु । यी विविध कुराहरुको तर्क वितर्क गर्दै अन्तमा उ आफ्नो चित्त बुझाउन बाध्य हुन्छ ।
|